यस्तो छ नेपालमा कोरोनाको पछिल्लो अवस्था

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५३ जनाको कोरोना परीक्षण भएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ८ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ११२ छ। २४ घण्टा अवधिमा नेपालमा १ लाख १७ हजार ११७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published.