बलिउड अभिनेत्री महिमा चौधरीलाई स्तन क्यान्सर

हेल्थपोस्ट नेपाल

काठमाडौं–बलिउड अभिनेत्री महिमा चौधरीलाई स्तन क्यान्सर भएको छ। ‘परदेश’ लगायत बलिउडका थुप्रै फिल्ममा अभिनय गरेकी चौधरीलाई हालै क्यान्सर भएको सार्वजनिक भएको हो।

अभिनेता अनुपम खेरले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै यसबारे सार्वजनिक गरेका छन्। भिडियोमा महिमाले आफूलाई पहिले कुनै लक्षण नभएको र हरेक वर्ष नियमित परीक्षण गर्ने गरेको उल्लेख गर्दै यसक्रममा यसपटक पनि आफूलाई प्राप्त सुझावअनुसार परीक्षण गर्दा स्तन क्यान्सर भएको डाक्टरले बताएको जनाएकी छन्।



Leave a Reply

Your email address will not be published.