इलिजिबिलिटी प्रमाणपत्र वितरण सुधारका लागि सुझाव दिन कार्यदल गठन हुने

हेल्थपोस्ट नेपाल

काठमाडौं–चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा वैदेशिक अध्ययन गर्न जारी हुने इलिजिबिलिटी प्रमाणपत्र वितरण प्रक्रिया र त्यसले गरेका असरबारे अध्ययन गरी सुधारका लागि सुझाव दिन कार्यदल गठन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा यही जेठ १७ गते बसेको आयोगको नवौं बैठकले उक्त निर्णय गरेको हो।

बैठकले विदेशी विद्यार्थीहरुलाई नेपालमा अध्ययन नर्ग सहज तरिका अपनाउन अवलम्बन गर्न सकिने उपाय सुझाउन पनि कार्यदल गठन गर्ने निर्णय गरेको छ।

आयोगका सदस्यको संयोजकत्वमा गठन हुने कार्यदलमा चिकित्सा शिक्षाका विज्ञ सामेल हुनेछन्।



Leave a Reply

Your email address will not be published.