लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमः प्रदेश अस्पताललाई मुलुककै नमुना र मेडिकल कलेजको रुपमा विकास गर्ने [पूर्णपाठ]
![लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमः प्रदेश अस्पताललाई मुलुककै नमुना र मेडिकल कलेजको रुपमा विकास गर्ने [पूर्णपाठ]](https://www.healthpostnepal.com/wp-content/uploads/2022/06/NG_Rupandehi-amik-scaled.jpg)
काठमाडौं–लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश अस्पताललाई मुलुककै नमुना अस्पताल र प्रादेशिक मेडिकल कलेजको रुपमा विकास गरी सञ्चालनमा ल्याउने घोषणा गरेको छ।
लुम्बिनी प्रदेश सभामा बुधबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले उक्त कुरा उल्लेख गरेका हुन्।
नीति तथा कार्यक्रममा गुरुयोजनाका आधारमा लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालको भौतिक पूर्वाधार निर्माण प्रक्रिया अघि बढाइने उल्लेख छ।
यस्तै, प्रदेशवासीलाई संघीय सरकारसँगको समन्वयमा खोप उपलब्ध गराई लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिने, लुम्बिनी तथा राप्ती अस्पतालमा क्यान्सर र मुटु रोगको प्रभावकारी उपचारको व्यवस्था गर्ने र ओपीडी र जनरल बेड सेवा निःशुल्क गर्ने घोषणा गरिएको छ।
लालमटिया स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सुविधासम्पन्न ५० बेडको व्यवस्था गर्ने, प्रदेश स्वास्थ्य प्रयोगशालाको क्षमता विकास गर्ने, प्रदेशभित्रका अस्पतालमा सिकलसेल परामर्श इकाई सन्चालन गर्ने, एकीकृत स्वास्थ्य सूचना प्रणाली विकास गर्नेलगायतका घोषणा नीति तथा कार्यक्रममा गरिएको छ।