मंकीपक्स संक्रमण : क्यानडाले जारी गर्यो ट्राभल एडभाइजरी, २५ मुलुकका यात्रीका विशेष चेतावनी

काठमाडौं–विश्वभर मंकीपक्स भाइरसको संक्रमण बढिरहेका बेला क्यानडाले ट्राभल गाइडलाइन्स जारी गरेको छ। बेलायत, अमेरिका, अस्ट्रेलियालगायत विश्वका २५ मुलुकबाट आउने यात्रुका लागि गाइडलाइन्स जारी गरिएको हो।
उक्त गाइडलाइन्समा ती मुलुकका यात्रीले उचित सावधानी अपनाउनु पर्ने उल्लेख गरिएको छ। उनीहरु संक्रमित भएको पाइए तत्काल डिपोर्ट गरिने चेतावनी क्यानडाले दिएको छ।
हाल सबैभन्दा बढी बेलायतमा संक्रमित देखा परेका छन्। त्यहाँ एक महिनाको अवधिमा ३ सय जनामा संक्रमण देखा परेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २० भन्दा बढी मुलुकमा ७ सयभन्दा बढी संक्रमित देखा परिसकेका छन्।
शरीरमा डाबर देखा पर्नु, शरीर दुख्नु, मांसपेशीमा दुखाइ, ज्वरो आउनु यसका प्रमुख लक्षण हुन्।