३०४९ को नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टा अवधिमा ३ हजार ४९ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा १६ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या १०९ छ। यस्तै, २४ घण्टामा नेपालमा १ लाख १६ हजार ३८३ जनाले कोरोनाको खोप लगाएका छन्।

 



Leave a Reply

Your email address will not be published.