नबिल बैंकले  आफ्ना १८ वटा कार्यालयका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिने

हेल्थपोस्ट नेपाल

काठमाडौं–नबिल बैंकले काठमाडौंका आफ्ना १८ वटा कार्यालयमा रहेका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ। नबिलका शौचालय सार्वजनिक प्रयोग गर्ने विषयमा काठमाडौं महानगरपालिका र नबिल बैंकबीच बुधबार सम्झौता भएको छ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनीलकेशरी शाह र महानगरका कार्यकारी अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका हुन्।

सम्झौता अवधि ५ वर्षको हुनेछ भने बैंकले आफ्ना शौचालयमा सार्वजनिक शौचालयको बोर्ड टाँस्नेछ।

१८ स्थानमा शौचालयमा बैंकको केन्द्रीय कार्यालय तथा शाखाहरु जोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, ठमेल, चाबहिल, मैतिदेवी, कुलेश्वर, कान्तिपथ, धापासी, अनामनगर, सिनामंगल, कलंकी, भाटभटेनी, धुम्बाराही, धर्मपथ, कालिमाटी र शंखमुल छन्।



Leave a Reply

Your email address will not be published.