सुत्केरी बिदा कडाइका साथ कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिलाहरुलाई दिइने सुत्केरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।

सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरूलाई नियमानुसार पाउनुपर्ने प्रसूति बिदा नदिएको गुनासो आएको भन्दै मन्त्रालयले बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ ले महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था रहेकोले सो अनुसार बिदा उपलब्ध गराउन निर्देशन दिएको हो।



Leave a Reply

Your email address will not be published.