९ जना निको हुँदा २८ संक्रमित थपिए

काठमाडौं–नेपालमा २४ घण्टामा थप २८ जनाका कोरोना संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३७६ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि निधन भएको छैन भने ९ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १०७ छ भने १ लाख ८ हजार ७९२ जनाले खोप लगाएका छन्।