घरको चार तलामाथिबाट खसेर घाइते भएकी रामचन्द्र पौडेलकी छोरीको आइसीयूमा उपचार हुँदै

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तलामाथिबाट खसेर घाइते भएकी छन्। ५० वर्षीया पोखरेल सोमबार घाइते भएकी हुन्। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

सुरुमा मनमोहन अस्पतालमा लगिएकोमा त्यहाँ प्राथमिक उपचारपछि ट्रमामा पठाइएको थियो। उनको अहिले ट्रमा सेन्टरको आइसीयूमा उपचार भइरहेको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको दायाँतर्फको खुट्टा दुई ठाउँमा भाँचिएको छ भने दायाँ हात पनि भाँचिएको छ। यस्तै कम्मरको हड्डी पनि भाँचिनुका साथै अनुहारमा पनि चोट लागेको छ।

छोरीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस नेता पौडेल मंगलबार बिहान राष्ट्रिय ट्रमा सेन्टर पुगेका थिए।



Leave a Reply

Your email address will not be published.