वीरेन्द्रनगर नगरपालिकाले ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने

हेल्थपोस्ट नेपाल

सुर्खेत-वीरेन्द्रनगर नगरपालिकाले नगरका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ। नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो। नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा सुत्केरीको स्वास्थ्यमा पहुँच बढाउन यस्तो निर्णय गरिएको हो ।

बैठकले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अति विपन्न, दीर्घरोगीको यथार्थ विवरण लिई निश्चित मापदण्ड तयार गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

कार्यपालिका बैठकले नगर क्षेत्रमा रहेका सार्वजनिक जग्गाको संरक्षण गर्ने जनाएको छ।



Leave a Reply

Your email address will not be published.