फोहोरमा गुम्सिएको काठमाडौं [फोटो फिचर]

काठमाडौं–लामो समयदेखि फोहोर उठ्न नसकेपछि काठमाडौं नै दुर्गन्धित भएको छ। ठाउँठाउँमा फोहोर थुपारिएका छन्। थुपारिएका फोहोर कुहिएर आएको गन्धले सडक तथा बजार क्षेत्रमा हिँडिनसक्नु भएको छ। यहीकारण विभिन्न महामारी फैलनसक्ने भन्दै जनस्वास्थ्य विज्ञहरुले चेतावनी दिइरहेका छन्।

फोहोरको दुर्गन्ध कम गर्न भन्दै काठमाडौं महानगरले फोहोरको थुप्रामाथि केमिकल छरिरहेको छ। महानगरले फोहोर थुपारिएका ठाउँमा ट्याङ्कर नै लगेर केमिकल छरिरहेको हो। यता, सर्वसाधारणले केमिकल छर्नु समस्याको समाधान नभएको भन्दै सरकारलाई फोहोरको समस्याप्रति गम्भीर बन्न आग्रह गरेका छन्।

केही दिनअघि सिसडोल पुगेका काठमाडौंका मेयर बालेन साहले समस्या नसल्टिएसम्मका लागि फोहोरको दूर्गन्ध कम गर्न केमिकल छरिने बताएका थिए।

 



Leave a Reply

Your email address will not be published.