थप १३ जनामा संक्रमण पुष्टि, ९ निको भए

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६३४ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने ९ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ११० छ।



Leave a Reply

Your email address will not be published.