विरोध खतिवडा हटाएर स्वास्थ्य मन्त्रालयको जिम्मा भवानी खापुङलाई

हेल्थपोस्ट नेपाल

काठमाडौं–पाँचदलीय गठबन्धनमा एकीकृत समाजवादीको भागमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व परिवर्तन हुने भएको छ।

आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई फिर्ता बोलाई उनको स्थानमा भवानीप्रसाद खापुङलाई जिम्मेवारी दिने निर्णय गरेको हो। खापुङ हाल स्वास्थ्य राज्यमन्त्री छन्। उनलाई मन्त्रीको जिम्मेवारी दिने निर्णय समाजवादीले गरेको हो।

यस्तै स्वास्थ्य राज्यमन्त्रीमा  हीरा केसीलाई ल्याइने भएकाे छ।

यसबाहेक सरकारमा रहेका समाजवादीका अन्य मन्त्रीलाई फिर्ता बोलाउने निर्णय समाजवादीले गरेको छ। जसअनुसार पर्यटनमन्त्री प्रेम आले , सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई पनि फिर्ता बोलाइएको छ।

पर्यटनमा जीवनराम श्रेष्ठ र सहरी विकासमा मेटमणि चौधरीलाई पठाइएको छ। शेरबहादुर कुँवर श्रममन्त्री  बन्ने भएका छन्।

 



Leave a Reply

Your email address will not be published.