स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा असार २२ देखि

काठमाडौं–नेपाल स्वास्थ्य व्यवसायी परिषदले आगामी असार २२ देखि २४ गतेसम्म लाइसेन्स परीक्षा लिने भएको छ। परिषद्ले स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको तेस्रो नाम दर्ता परीक्षा गर्न लागेको हो।
परिषद्को जेठ १५ गतेको निर्णय अनुसार परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा लाइसेन्स परीक्षा लिन लागिएको हो।