नेपालमा थप २६ जनामा संक्रमण पुष्टि, ९ जना निको भए

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६०५ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ९ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १११ रहेको छ। २४ घण्टा अवधिमा ८२ हजार ४१३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published.