२५९५ जनाको नमुना परीक्षण गर्दा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ। २ हजार ५९५ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ९ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १०१ छ। २४ घण्टाको अवधिमा १ लाख ४३ हजार ५८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published.