एसियन फर्मास्युटिकल्सले गर्‍यो श्रीलंकालाई औषधि सहयोग

हेल्थपोस्ट नेपाल

काठमाडौं–औषधि अभाव भोगिरहेको श्रीलंकालाई नेपालको एसियन फर्मास्युटिकल्सले औषधि सहयोग गरेको छ। श्रीलंकाको काठमाडौंस्थित दूतावासले बिहीबार एसियन फर्मास्युटिकल्सले औषधि सहयोग गरेको जनाएको हो।

सहयोगस्वरुप दिइएका औषधिलाई श्रीलंकन एयरलाइन्सले कोलम्बो लैजानेछ।

आर्थिक संकट भोगिरहेको श्रीलंकाले केही समयदेखि औषधिको चर्को अभाव भोगिरहेको छ। औषधि अभावमा अत्यावश्यक शल्यक्रियासमेत रोकिएको जनाइएको छ। श्रीलंकालाई जापान, भारतलगायतले औषधि सहयोग गरिरहेका छन्।



Leave a Reply

Your email address will not be published.