ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया

हेल्थपोस्ट नेपाल

काठमाडाैं-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ ।

यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उनको दाहिने आँखाको शल्यक्रिया गरिएको हो।  उनको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गरेका हुन्।

चिकित्सकको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहेकाे जनाइएकाे छ।



Leave a Reply

Your email address will not be published.