कोभिड संक्रमितहरुमा फोक्सोमा रगत जम्ने समस्या  : अध्ययन

हेल्थपोस्ट नेपाल

कोभिडको संक्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ। हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएकोे छ । कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो।

युएस सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययनबाट सो पाइएको बताइएको छ। सन् २०२० को मार्चदेखि सन् २०२१ को नोभेम्बरसम्म कोभिड संक्रमणमा परेका करिब ३ लाख ५० हजार  मानिसमा सो अनुसन्धान गरिएको सेन्टरले जनाएको एएफपी समाचार समितिले जनाएको हाे।



Leave a Reply

Your email address will not be published.