बालिकाको मृत्युपछि डडेल्धुरा अस्पतालमा तनाव

काठमाडाैं-उपचारका क्रममा बालिकाको मृत्यु भएपछि जिल्ला अस्पताल डडेल्धुरा तनावग्रस्त बनेको छ। भागेश्वर गाउँपालिका–५ शिराडका प्रकाश थापामगरकी ५ वर्षीया छोरी यमुना थापामगरको बिहीबार बिहान ७ बजे मृत्यु भएको थियो।
निमोनियाको आशंकामा बिहीबार बिहानै ५ बजेतिर अस्पताल पुर्याइए पनि दुई घण्टासम्म पनि चिकित्सक नआएको आफन्तको भनाइ छ। चिकित्सककाे लापरवाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आफन्तले शव उठाएका छैनन्। उनीहरूले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाको राजीनामा र मेडिकल सुपरिनन्टेन्डेन्टको सरुवा गर्नुपर्ने माग गरेको छन्।
श्वास फेर्न गाह्रो भएपछि अस्पताल पुर्याइएकी यमुनालाई आईसीयूमा राखेर उपचार अगाडि बढाइएको र सोही क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे छ।