चिकित्सा शिक्षा : स्नातक तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनोटका लागि प्राथमिकता निर्धारण [सूचनासहित]
![चिकित्सा शिक्षा : स्नातक तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनोटका लागि प्राथमिकता निर्धारण [सूचनासहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2021/02/chikitsa-sikshya-ayog2019-08-16-06-25-06.jpeg)
काठमाडौं–चिकित्सा शिक्षा आयोगले स्नातक तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनोटका लागि प्राथमिकता निर्धारण गरेको छ।
आयोगले बिहीबार सूचना प्रकाशित गर्दै गत चैत १८ देखि २१ गतेसम्म सञ्चालन भएका एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रहेका उम्मेदवारहरुको म्याचिङ प्रणालीद्वारा भर्ना प्रक्रियाका लागि प्राथमिकता निर्धारण गरिएको जनाएको हो ।
आयोगको वेबपोर्टलमार्फत् प्राथमिकता निर्धारण गरी शिक्षण संस्था वा शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनोट गर्नका लागि आयोगको एकीकृत प्रवेश परीक्षाको म्याचिङ प्रणाली कार्यविधि २०७८ (संशोधनसहित) बमोजिम सूचना प्रकाशितगरिएको आयोगले जनाएको छ।