चिकित्सा शिक्षा : एमबीबीएस, बीडीएसलगायतको शुल्क वृद्धि, कुन विषयको कति बढ्यो?

हेल्थपोस्ट नेपाल

काठमाडौं–सरकारले चिकित्सा शिक्षातर्फ स्नातक तहका विभिन्न विषयको शुल्क बढाउने निर्णय गरेको छ। मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बैठक बसेको थियो।

स्नातक तहका सबै विषयमा लागि ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय भएको जनाइएको छ। छलफलमा १५ प्रतिशत शुल्क बढाउन प्रस्ताव गरिए पनि ३.६ प्रतिशतमा बढाउने निर्णय भएको थियो।

निर्णयअनुसार अबको शैक्षिक सत्रमा एमबीबीएसको शुल्क उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ। उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७२१ भएको छ। बीडीएसको शुल्क २० लाख ९२ हजार २८४ पुगेको छ।

बीएस्सी नर्सिङको १० लाख ३६ हजार, बीएएमएसको ११ लाख ३१ हजार ९३३, बीएनएस एन्ड पीबीएनको ५ लाख १८ हजार, बीपीटी/बीएससी एमएलटी/ बीएससी एमआईटी/बीएससी मेडिकल माईक्रोबायोलोजी/बायोकेमेस्ट्रीको ७ लाख ७७ हजार, बी फार्मा/बीपीएच/बीओपीटीएम/बीएएसएलएपीको ७ लाख ७७ हजार पुगेको छ।



Leave a Reply

Your email address will not be published.