लाइसेन्स परीक्षामा ७० प्रतिशत डाक्टर फेल

काठमाडौं–नेपाल मेडिकल काउन्सिलले यही जेठ १२ देखि १४ गतेसम्म लिएको ६३ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा एक तिहाईमात्र डाक्टर पास भएका छन्।
परीक्षामा मेडिकलतर्फ ११५४ र डेन्टलतर्फ ३४२ परीक्षार्थी सहभागी भएका थिए। जसमध्ये मेडिकलतर्फ ३६२ (३०.८३ प्रतिशत) र डेन्टलतर्फ ११३ (३३.०४ प्रतिशत) परीक्षार्थीमात्र सफल भएका छन्।
सहभागीमध्ये २ जनाको परीक्षा स्थगित गरिएको र १ जनालाई परीक्षाबाट निस्कासन गरिएको काउन्सिलले जनाएको छ। यसअघि गत पुस २२ देखि २५ गतेसम्म लिएको परीक्षामा ४८.७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए।
परीक्षाको नतिजा चित्त नबुझेमा जेठ १५ गतेदेखि ३५ दिनभित्र पुनर्योगका लागि निवेदन दिनसकिने काउन्सिलले जनाएको छ। परीक्षा उत्तीर्ण भएका र एक वर्षको इन्टर्नसीपसमेत पुरा गरेकाहरुले जेठ १५ देखि ३५ दिनभित्र काउन्सिलको अस्थायी दर्ता प्रमाणपत्रका लागि निवेदन दिन सकिने जनाइएको छ। आवेदन गरेको मितिले १५ दिनभित्र प्रमाणपत्र तयार हुने काउन्सिलले जनाएको छ।