यस्तो छ बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका विषय (पूर्णपाठसहित)

हेल्थपोस्ट नेपाल

काठमाडौं–बागमती प्रदेश सरकारले नसर्ने रोग व्यापक रुपमा बढ्दै गइरहेको सन्दर्भमा प्रदेश अस्पताल र स्थानीय तहको सहकार्यमा रोगको पहिचान र स्वास्थ्य परीक्षण कार्यलाई सघन रुपमा सञ्चालन गर्ने भएको छ। सोमबार प्रस्तुत गरिएको बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको हो।

यस्तै, सरुवा रोगहरुको जोखिम नियन्त्रण र कोभिड १९ जस्ता महामारीको प्रतिकार्यको प्रभावकारी व्यवस्थापनका लागि कम्तीमा ५० बेडको सुविधासम्पन्न प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माण गर्ने कार्यलाई अगाडि बढाइने उल्लेख छ।

‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई क्यान्सर, हृदयघात, मस्तिष्काघात र अप्स्ट्रेटिक फिस्टुलालगायतका रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बनाइने र मिर्गौला रोगीका लागि सन्चालित निःशुल्क डायलासिस सेवा प्रदेश मातहतका सबै अस्पतालमा बिस्तार गरिने जनाइएको छ।

सशस्त्र संघर्ष र जनआन्दोलनका घाइतेलाई प्रादेशिक अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।



Leave a Reply

Your email address will not be published.