घर–घर पुगेर सूर्तीजन्य पदार्थको सेवन रोक्दै ललितपुर महानगरपालिका

हेल्थपोस्ट नेपाल

काठमाडौं–ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरभित्रका घर–घर पुगेर सूर्तीजन्य पदार्थ सेवन नगर्न आग्रह गरिने बताएका छन्।

ललितपुरमा सोमबार आयोजित कार्यक्रममा उनले सूर्तीजन्य पदार्थ सेवन नगर्न आग्रसहित नगर प्रहरी र जनप्रतिनिधिसहित नगरका घर–घर पुग्ने बताए।
उनले भने, ‘चुरोट, सूर्तीजन्य पदार्थ नखाइदिनुहोस् भनेर आग्रह गर्दै घर–घरमा पुग्नेछौँ। यो काम सहज होइन। तर हामी गर्छौ।’

बज्राचार्यले पाटन दरबार स्क्वायर, जाउलाखेलको पार्क, लगनखेल र पुल्चोकलाई धूमपान निषेधित क्षेत्र घोषणा गरिएको र अन्य क्षेत्रलाई पनि क्रमशः निषेधित क्षेत्र घोषणा गर्दै जाने बताए।

ललितपुर महानगरपालिकाका नगर प्रमुख सीताराम हाछेथुले पनि घर–घर पुग्ने अभियान भोलिदेखि नै सुरु हुने जानकारी दिए। यसका लागि पाँच नगर प्रहरी खटाइने पनि उनले बताए। ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले १५ दिनभित्र विद्यालय छेउछाउमा सुर्तीजन्य पदार्थ बेच्न नदिने बताए।



Leave a Reply

Your email address will not be published.