भारतमा थप २७०६ जनामा कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली-भारतमा २४ घण्टाको अवधि अर्थात् आइतबार मध्यरातिसम्म थप दुई हजार ७०६ जनामा संक्रमण पुष्टि भएकाे छ। याेसँगै यहाँ कूल संक्रमितकाे संख्या चार करोड ३१ लाख ५५ हजार ८२० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २५ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुनेको  संख्या पाँच लाख २४ हजार ६११ पुगेको छ। हाल भारतमा सक्रिय संक्रमित १७ हजार ६९८ रहेकाे पनि मन्त्रालयले जानकारी दिएको छ।

भारतमा याे अवधिमा दुई हजार ७० जना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २६ लाख १३ हजार ४४० कोरोना सङ्क्रमित निको भएका छन्।



Leave a Reply

Your email address will not be published.