सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, तलब आयोग गठन गरिने

काठमाडौं–सरकारले सरकारी कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गरेको छ। संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन १ गतेबाट लागू हुने गरी हाल खाइपाई आएको तलबमानमा १५ प्रतिशत वृद्धिगरिने जनाएका हुन्। यसअनुसार महंगी भत्तापनि यथावत रहनेछ।
यस्तै, सरकारले तलब सुविधा पुनरवलोकन गर्न तलब आयोग गठन गर्ने निर्णय गरेको छ। यस्तै, प्रशासनिक पुनःसंरचना गर्न उच्चस्तरीय आयोग गठन गर्ने घोषणा पनि बजेटमा गरिएको छ।