२५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुस्ट पाँच हजार पोषण खर्च

हेल्थपोस्ट नेपाल

काठमाडौं – सरकारले मानव विकास सूचांकमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुस्ट पाँच हजार पोषण खर्च उपलब्ध गराउने घोषणा गरेको  छ। आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरीले पाउने पोषण खर्चको रकममा वृद्धि गरेको जनाएका हुन्।

शर्माले मातृ शिशु मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरीले पाउने रकम वृद्धि गरेको बताए।

मातृ मृत्युदर घटाउन गर्भवतीलाई पोषण कार्यक्रम, स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सुविधा उपलब्ध गराइने उनले बताए। पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर घटाउन सुरक्षित मातृत्व शिशु स्याहार पोषण कार्यक्रम र खोप कार्यक्रमलाई थप प्रभावकारी अर्थमन्त्री शर्माले बताए।



Leave a Reply

Your email address will not be published.