नेपालको स्वास्थ्य क्षेत्रका सूचकमा उल्लेखनीय सुधार, यसो भन्छ २०७८/७९ को आर्थिक सर्वेक्षणले (पूर्णपाठसहित)

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य क्षेत्रका सूचकमा उल्लेखनीय सुधार हुँदै गएको सरकारको आर्थिक सर्वेक्षण २०७८/७९ मा उल्लेख गरिएको छ।

दिगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्म कूल प्रजनन दर २.१ पुर्‍याउने लक्ष्य रहेकोमा हाल २ रहेको छ। त्यस्तै, ५ वर्षमुनिको बाल मृत्युदर र नवजात शिशु मृत्युदर पनि दिगो विकासको लक्ष्यअनुसार घटाउन सफल भएको देखिन्छ।

यस्तै, मातृ स्वास्थ्यसम्बन्धी अन्य सूचकहरुको चालु आर्थिक वर्षको फागुनसम्मको उपलब्धिको अनुपातले आर्थिक वर्षको अन्त्यसम्म दिगो विकास लक्ष्यले तोकेको लक्ष्य पूरा हुने अनुमान गरिएकोछ ।


यस्तै, आर्थिक वर्ष २०७७/७८ मा पीसीआर र एन्टिजेन गरी ३६ लाख ९८ हजार ६४० जनाको कोभिड परीक्षण गरिएकोमा ७ लाख ९ हजार ४४६ जना कोभिडबाट संक्रमित भई ९ हजार ४६३ जनाको मृत्यु भएको थियो।

चालु आवको फागुनसम्म कूल ६५ लाख ८३ हजार ८४७ जनाको कोभिड परीक्षण गरिएकोमा ११ लाख १७ हजार ९३७ जना संक्रमित भई ११ हजार ९५० जनाको मृत्यु भएको छ।

नेपालमा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेको संख्या घटेको पाइएको छ। सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार चालु आवको फागुनसम्म परिवार नियोजनका अस्थायी साधनको नयाँ प्रयोगकर्ताको संख्या ५ लाख १४ हजार ६३ रहेको छ भने अघिल्लो आवमा यस्तो संख्या ७ लाख ३८ हजार ८४९ थियो।

कोभिड महामारी व्यवस्थापनका लागि आव २०७६/७७ मा २ अर्ब १७ करोड ९५ लाख ७ हजार रहेकोमा यो रकम बर्सेनि बढ्दै गएको पाइन्छ। अघिल्लो आवमा १० अर्ब ७३ करोड १७ लाख ७३ हजार खर्च भएकोमा यो आवको फागुनसम्म यस्तो खर्च १५ अर्ब ६८ करोड १२ लाख ६२ हजार भएको सर्वेक्षणमा उल्लेख छ।

कति छन् अस्पताल?
२०७८ असारसम्म १२५ अस्पताल, २०५ प्राथमिक स्वास्थ्य केन्द्र, ३ हजार ८७० स्वास्थ्य चौकी, ३९५ आयुर्वेदिक अस्पताल र २ हजार ९७१ आधारभूत स्वास्थ्य केन्द्र गरी ७ हजार ५६६ स्वास्थ्य संस्था रहेकोमा २०७८ फागुनसम्म यस्तो संख्या ७ हजार ५९८ पुगेको उल्लेख छ।




Leave a Reply

Your email address will not be published.