थप ८ जनामा संक्रमण पुष्टि, १५ निको भए

काठमाडौं–नेपालमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय ६९ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।
यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १५ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ११४ छ।