३३८७ को नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि

काठमाडौं–नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ३८७ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।
यो अवधिमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने १३ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२४ छ।