रेनु दाहाल सवार गाडी दुर्घटना, सुमेरु अस्पतालमा उपचार हुँदै

हेल्थपोस्ट नेपाल

काठमाडौं-भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छन्। अहिले उनकाे ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको  माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएकाे छ।

दाहाल सवार गाडी जावालाखेल मोडमा पोलमा ठोकिएर दुर्घटना भएको हो। उनकाे टाउकोमा चोट लागेकाे छ। अस्पताल स्राेतका अनुसार उनकाे टाउकाेकाे सिटी स्क्यान गरिएकाे छ। अवस्था खतरामुक्त छ।

टाउकाेमा लागेकाे चाेट हुनाले अवस्था खतरामुक्त भए पनि केही समय चिकित्सककाे निगरानी राखिने अस्पतालले जनाएकाे छ।



Leave a Reply

Your email address will not be published.