गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग

हेल्थपोस्ट नेपाल

काठमाडौं–सांसदहरुले कैलालीको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्। राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसदहरुले उक्त माग गरेका हुन्।

शुक्रबारको बैठकमा बोल्दै सांसद गरिमा शाहले कैलालीको गेटामा रहेको मेडिकल कलेजको ९० प्रतिशत काम सम्पन्न भइसकेको सन्दर्भमा सञ्चालनका लागि नीति तथा कार्यक्रममा उल्लेख नभएकामा सुदूरपश्चिमवासी दुःखी भएको समेत बताइन्।

सांसद नारायणदत्त मिश्रले पनि गेटा मेडिकल कलेज यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउन माग गरे।

सरकारले गेटा मेडिकल कलेजको बारेमा कुनै कुरा उल्लेख नगरी डडेल्धुरामा मेडिकल कलेज स्थापनाको विषयलाई नीति तथा कार्यक्रममा समेटेपछि सुदूरपश्चिमबासी आन्दोलनमा छन्। भौतिक पूर्वाधारसमेत तयार भइसकेकाले तत्काल त्यसलाई सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै जेठ १२ देखि कैलालीबासी आन्दोलनमा उत्रिएका छन्।

 



Leave a Reply

Your email address will not be published.