दैनिक संक्रमितकाे संख्या एक अंकमा झर्‍यो, ५ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा कोरोना संक्रमितको दैनिक संख्या पुनः एक अंकमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय १७ जनाको नमुना परीक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ९ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमित १२८ छन्। २४ घण्टा अवधिमा ४७ हजार ९७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published.