कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनको माग गर्दै चक्काजाम

काठमाडौं–कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनको माग गर्दै बुधबार अत्तरियामा चक्काजाम गरिएको छ।
मंगलबारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज सञ्चालन गर्ने कुरा समावेश गरिएपछि कैलालीमा प्रदर्शन सुरु गरिएको हो। निर्माण सम्पन्न हुन लागेको कलेज सञ्चालनको कुरा छाडेर डडेलधुराको विषय समावेश गरिएको भन्दै उनीहरुले विरोध जनाएका छन्। गेटामा मेडिकल कलेज यथाशीघ्र सञ्चालनमा ल्याइनुपर्ने उनीहरुको माग छ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने विषय उल्लेख छ। यस्तै, सबै प्रदेशमा कम्तिमा दुई-दुई वटा मेडिकल कलेज स्थापना गर्ने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।