नबिल बैंक र चिकित्सक संघबीच सम्झौता

हेल्थपोस्ट नेपाल

काठमाडौं – नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ।

नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवाहरुमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले देशैभरिका नबिल बैंकका शाखा सन्जालबाट विशेष छुटको लाभ उठाउन सक्नेछन्।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत श्री कबिन्द्रप्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले नबिल बैंकका प्रमुख कार्यकरी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा हस्ताक्षर गरे।



Leave a Reply

Your email address will not be published.