अब भरतपुरमा जन्मिने छोरीलाई निःशुल्क बिमा

हेल्थपोस्ट नेपाल

काठमाडौं–भरतपुर महानगरपालिकाकी नवनिर्वाचित प्रमुख रेनु दाहालले बुधबार बिहान पदभार ग्रहण गरेकी छन्। उनले अब भरतपुरमा जन्मिने छोरीलाई निःशुल्क बिमा गर्ने पहिलो निर्णय गरेकी छन्।

छोरीलाई गरिने बिमा रु एक लाखको १५ वर्ष अवधिको हुनेछ। त्यस्तै भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निःशुल्क गर्ने निर्णय पनि उनले गरेकी छन्। महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुँच पुर्‍याउने प्रतिबद्धता जनाइन् ।



Leave a Reply

Your email address will not be published.