विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा फेरि टेड्रोस

हेल्थपोस्ट नेपाल

जेनेभा-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशकमा फेरि टेड्रोस अधानोम गेब्रेयसस निर्वाचित भएका छन्। जेनेभामा भएको एउटा महासभामा संगठनका सदस्य राष्ट्रहरूले उनलाई निर्विरोध निर्वाचित गरेका हुन्। उनका विरूद्ध अरू कसैले पनि उम्मेदवारी दिएका थिएनन्।

विश्व स्वास्थ्य संगठनको कार्यकारी प्रमुख पदमा पुग्ने उनी पहिलो अफ्रिकी मूलका नागरिक हुन्।

विश्वमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि उनले खेलेको भूमिकाको विश्वभरि प्रशंसा भएको छ। २०१७मा पहिलोपटक महानिर्देशक भएका उनले आगामी ५ वर्ष पुन: संगठनको नेतृत्व गर्नेछन्।

‘विश्वले दिएको यो महत्वपूर्ण जिम्मेवारीका लागि म आभारी छु’ निर्वाचित भएपछि उनले भनेका छन् ‘यो एउटा सम्मान हो र जिम्मेवारी पनि हो। संसारभरिका मानिसलाई स्वास्थ्य सुरक्षा दिनका लागि हामी फेरि पनि प्रतिवद्ध भएका छौं र भइरहेका अनि सम्भावित जोखिमहरू विरूद्ध लड्न थप शक्तिशाली भएका छौं।’



Leave a Reply

Your email address will not be published.