डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिने

काठमाडौं–डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा मेडिकल कलेज निर्माण गरिने बताइन्।