नर्सिङ लाइसेन्स परीक्षाका लागि १३ जेठदेखि आवेदन खुला हुँदै

हेल्थपोस्ट नेपाल

काठमाडौं- नेपाल नर्सिङ परिषदले नर्स तथा मिडवाइफ्रीको लाइसेन्स परीक्षाका लागि आगामी १३ जेठ आवेदन खुलाउँदैछ। २५ असारमा हुने परीक्षाका लागि ११ असारसम्म आवेदन दिन सकिने जनाइएकाे छ।

परिषदले सो अवधिमा फारम भर्ना छुट भए १२ असार देखि १८ असारसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने जनाएको छ।

परीक्षामा सहभागी हुनका लागि न्युनतम पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने छ । यस्तै मिडवाइफका लागि व्याचलर इन मिडवाईफ्री साइन्स (बीएमएस) पास गरेको हुनुपर्ने भनिएको छ ।

नाम दर्ता परीक्षाको लिखित परीक्षामा नर्सिङ तथा मिडवाईफ्री दुवै विधाका लागि १५० प्रश्नहरु सोधिने र त्यसको पुर्णाङक पनि १५० नै हुनेछ। जसमा ५० प्रतिहत अक ल्याएमा मात्रै पास हुनेछन्। मिडवाईफ्रीको हकमा थप ५० पुर्णाङकको प्रयोगात्मक परीक्षा पनि हुनेछ।



Leave a Reply

Your email address will not be published.