ब्रेन ट्युमरबाट पीडित पत्रकार महतको उपचारमा आर्थिक सहयोगको अपिल

हेल्थपोस्ट नेपाल

रौतहट-रौतहटका पत्रकार फणी महत ब्रेन ट्युमरबाट पीडित भएका छन्। रौतहटको चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको अहिले काठमाडाै‌ंस्थित अन्नपूर्ण न्युराे अस्पतालमा उपचार भइरहेको छ।

उपचारमा संलग्न चिकित्सकले ब्रेन ट्युमरको तत्कालै शल्यक्रिया गर्नुपर्ने भनेकाले महतको शल्यक्रियाका लागि तयारी भइरहेको अस्पतालमा महतसँगै रहेका नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष कमल उपाध्यायले जानकारी दिए।

पत्रकार महतको उपचारमा ठूलो धनराशी खर्च हुने भएकाले इच्छुक व्यक्तिले आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ। सहयोग गर्न चाहने इच्छुक व्यक्तिले राष्ट्रिय वाणिज्य बैंकको चपुर रौतहट शाखामा रहेको पत्रकार महतकी पत्नि सुनन्दा कार्कीको बैंक खाता नम्बर १९७०१०००००१२१०१० मा रकम जम्मा गरिदिन सक्नेछन्।

अन्नपूर्ण पोष्टका रौतहट संवाददातासमेत रहेका महत रौतहटको चन्द्रनिगापुरबाट सञ्चालक रेडियो सुप्रिम र कलमपाटी डटकम अनलाइन पत्रिकाका सञ्चालक पनि हुन् ।

प्रेस चौतारी नेपालको मधेश प्रदेशका अध्यक्षसमेत रहेका महत करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।



Leave a Reply

Your email address will not be published.