बच्चाको उपचारमा लापरवाही गरेको भन्दै ग्राण्डीलाई ३५ लाख क्षतिपूर्ति भराउने अदालतको फैसला

काठमाडौं–उच्च अदालत पाटनले उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ।
आफ्नो बच्चाको उपचारका क्रममा लापरबाही गरेको भन्दै सन्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालविरूद्ध दिएको मुद्दामा सुनुवाइ गर्दै अदालतले सोमबार यस्तो फैसला गरेको हो। न्यायाधीशद्वय सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले फैसला गरेको हो।
यसअघि उनीहरू उपचारमा संलग्न डाक्टरमाथि कारबाही गर्न माग गर्दै मेडिकल काउन्सिल गए पनि काउन्सिलले अस्पताल र डाक्टरहरूलाई स्पष्टीकरणमात्र सोध्ने निर्णय गरेको थियो। काउन्सिलको उक्त निर्णयविरूद्ध उनीहरू पाटन उच्च अदालत पुगेका हुन्।