हेटौंडाकी मेयरको पहिलो निर्णय : १५४१ परिवारलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं–मकवानपुरको हेटौंडा उपमहानगरकी मेयर मीनाकुमारी लामाले उपमहानगरपालिकाअन्तर्गत विभिन्न वडामा बसोबास गर्ने अतिविपन्न परिवारमध्ये हाल १५४१ घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेकी छन्।
सोमबार पदबहालीपछि उनले उक्त निर्णय गरेकी हुन्।
यस्तै, मेयर लामाले अतिविपन्न घरपरिवारलाई मासिक १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलब्ध गराउने, आर्थिक अवस्थाका कारण शिक्षा हासिल गर्नबाट वञ्चित विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन र सहुलियत दिन मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र लंैगिक हिंसाविरुद्धका अभियान सञ्चालन गर्दै पीडित महिला तथा बालबालिकाका लागि अल्पकालीन आश्रयस्थलमार्फत् प्रभावकारी पुनःस्थापना कार्य सञ्चालन गर्ने निर्णय गरेकी छन्।