थप १० जनामा संक्रमण पुष्टि, नेपालमा अझै १३३ सक्रिय संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ। २ हजार ७ सय ६८ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १६ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३३ छ।



Leave a Reply

Your email address will not be published.