चीनमा १० करोड मानिसकाे हरेक दुई दिनमा कोभिड परीक्षण गरिने

बेइजिङ- चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ। ओमिक्रोन भेरियन्टसँग लड्न हेनान प्रशासनले यस्ताे आदेश दिएकाे हाे। चीनले आफ्नो शून्य–कोभिड नीतिलाई निरन्तरता दिएको छ। धेरै शहरहरूमा कडा लकडाउन र आवागमन प्रतिबन्धलगाएर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणकाे प्रयास गरिएकाे छ।
हेनानको प्रान्तीय राजधानी झेङझाउमा मेको अन्त्यभन्दाअघि नै परीक्षण सुरु हुने अधिकारीहरुले जनाएका छन्। हरेक दुई दिनमा कोभिड परीक्षण गर्ने नीतिले सम्भावित जोखिमहरु चाँडै पहिचान गर्न मद्दत गर्ने छ । कोभिडविरुद्धका नियम पालना नगर्ने बासिन्दाहरूलाई सार्वजनिक स्थानहरूमा प्रवेश गर्न वा यातायात सेवा लिन आवश्यक कोडहरू स्क्यान गर्न समस्या हुने समाचारमा जनाइएको छ।