बजेटमा चिकित्सक तथा स्वास्थ्यकर्मीका सेवासुविधाको विषय समेट्न चिकित्सक संघको पहल

हेल्थपोस्ट नेपाल

काठमाडौं–आर्थिक वर्ष २०७९/२०८० को बजेटमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवासुविधा र सुरक्षाको विषयलाई सम्बोधनका लागि पहल गर्न नेपाल चिकित्सक संघले पहल थालेको छ।

संघका अध्यक्ष डा लोचन कार्की, महासचिव डा बद्री रिजालसहितको टोलीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राजस्व सचिव कृष्णहरि पुस्करसहितलाई भेटेर सेवासुविधाका लागि पहल थालेको हो।

संघका महासचिव डा रिजालले चिकित्सकहरुलाई जोखिमभत्ता, करमा सहुलियत तथा इन्सेन्टिभलगायतका कुरा समावेशका लागि पहल गर्न आग्रह गरिएको बताए। ‘अहिलेको अवस्थामा तलबमा २५ प्रतिशत जोखिमभत्ता समावेश गर्न सकियो भने मोटिभेसन हुन्छ र काम गर्ने वातावरण हुन्छ भन्ने हिसाबले हामीले आफ्ना कुरा राखेका हौं,’ उनले भने।

डा रिजालले ‘अफआवर’ मा काम गर्ने चिकित्सकहरुलाई ५० प्रतिशत भत्ताको व्यवस्था र करमा सहुलियतको व्यवस्था समावेश गर्नुपर्ने आफूहरुको माग रहेको बताए। ‘कर तिरिँदैन भनेको होइन, अफ आवरमा काम गर्नेहरुलाई अलिकता भए पनि सहुलियत दिनुपर्छ भन्ने खालको लबिइङ हो,’ उनले भने।

यस विषयमा राजस्व सचिवसमक्ष लिखित रुपमा मागपत्र पेश गरेको र अब प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग पनि भेट गरेर आफ्ना कुरा राख्ने उनले बताए। उनले सबै दलले यस विषयमा आ–आफ्ना ठाउँबाट पहल गरी स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवाका लागि सहयोग गर्न आग्रह गरे।

राजस्व सचिवसँग चिकित्सक संघकाे टाेली

 



Leave a Reply

Your email address will not be published.