सबै स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयको निर्देशन-स्वास्थ्य सेवाका कर्मचारीको ग्रेड कार्यान्वयन गर्नू

हेल्थपोस्ट नेपाल

काठमाडौं–सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा समायोजन भई गएका स्वास्थ्य सेवाका कर्मचारीको ग्रेड कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ।

मन्त्रालयले स्थानीय तहहरुमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको स्थानीय ग्रेड रकम भुक्तानी नभएको गुनासो आएको भन्दै सबै महानगरपालिका,उप महानगरपालिका, नगरपालिका र गाउँपालिकालाई पत्र लेख्दै ग्रेडवृद्धि कार्यान्वयन गर्न निर्देशन दिएको हो।

स्थानीय तहमा समायोजन भई गएका स्वास्थ्य सेवाका कर्मचारीहरुको ग्रेड कतिपय स्थानीय तहले हालसम्म भुक्तानी नदिएको गुनासो हुँदै आएको छ। मन्त्रालयले स्थानीय ग्रेड खुवाएका पालिकहरुमा स्तरवृद्धि भएपश्चात कर्मचारीहरुको ग्रेड काटेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।



Leave a Reply

Your email address will not be published.