आफूले पाउने सुविधाबाट जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने थुलुङ दुधकोसीका अध्यक्षको घोषणा

हेल्थपोस्ट नेपाल

काठमाडौं–सोलुखम्बुको थुलुङ दुधकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले पालिकाभित्रका एक जना जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गरेका छन्। शुक्रबार पदभार ग्रहण गर्दै उनले आफूले सरकारबाट पाउने सेवा–सुविधाबाट एक जेहेनदार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गरेका हुन्।

उनले गाउँपालिकामा वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने र त्यसका लागि चार्जिङ स्टेशन बनाउने निर्णय पनि गरेका छन् गाउँपालिकाको सबै वडा तथा टोलमा सडक विस्तार भइसकेकाले विद्युतीय बस सञ्चालनका लागि आफूहरू तयार रहेको उनले बताएका छन्।

राई माओवादीका तर्फबाट गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघि २०७४ सालमा पनि उनी माओवादीबाटै अध्यक्षमा निर्वाचित भएका थिए।



Leave a Reply

Your email address will not be published.