भारतमा थपिए २३६४ कोरोना संक्रमित

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली–भारतमा २४ घण्टाको अवधिमा दुई हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै भारतमा कूल संक्रमितको संख्या चार करोड ३१ लाख २९ हजार ५६३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसका साथै २४ घण्टामा महामारीका कारण थप १० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख २४ हजार ३०३ पुगेको छ। हाल भारतभरि सक्रिय संक्रमितको संख्या १५ हजार ४१९ रहेको छ।

चौविस घण्टामा दुई हजार ५६२ निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ८७ हजार २५९ कोरोनामुक्त भएका छन्।



Leave a Reply

Your email address will not be published.